देशमा राजनीतिक विकृत फस्टायो, खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको बताएकी छिन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न राजनीतिक दलहरुले नसकेको जिकिर गरिन् ।

भण्डारीले सरकारले सुशासन प्रवद्र्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको र संसद अहिले निरीह थलो भएको चर्चा गरिन् ।

उनले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्नेकुरामा ध्यानपूर्वक अध्ययन नै नभएको आरोप लगाइन् । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको उनको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको छ । त्यो पनि फस्टाइरहेको छ । त्यसलाई समाधान गर्न सकिरहेका छैनन् । सुशासन प्रवद्र्धन गर्न सकिरहेका छैनन् । राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन प्रणालीमा सञ्चालन हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।”

भण्डारीले भनिन्, “हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । दलाल पुँजी फस्टाइरहेको छ । राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो ।”

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको पनि बताइन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको अर्थतन्त्रको अवस्था नाजुक रहेको भण्डारीले बताइन् । उनले उहाँले खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको टिप्पणी गरिन् ।

आयातमा आधारित भन्सारमा अर्थतन्त्र चलिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले व्यापार घाटा भइरहेको, वैदेशिक ऋण बढिरहेको, दलाल पुँजी फस्टाउँदा राष्ट्रिय पुँजी फस्टाउन नसक्दा दिगो विकासका लागि दुःखदायी परिस्थिति बनेको उनको भनाइ छ ।

भण्डारीले भनिन्, “हाम्रो देशको अर्थतन्त्र, मैले त पहिला पनि भन्ने गरेको छु । यहाँ पनि भन्छु । खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेर हिँडिरहेको छ । दलाल पुँजी फस्टाइरहेको छ । राष्ट्रिय पुँजी फस्टाउन सकिरहेको छैन । यो दिगो विकासका लागि अत्यन्तै दुःखदायी परिस्थिति हो ।”

पूर्वराष्ट्रपति भण्डारीले युवाहरुलाई देशमा कसरी आकर्षण बढाउने भन्नेबारेमा सोच्नुपर्ने बताउनु भयो । नवपुस्ताहरुको चाहनाअनुसार सरकारले काम गर्दै जानुपर्ने बताइन् ।

—न्युज एजेन्सी नेपाल