काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै शुक्रबार (भोलि) देशभर विरोध कार्यक्रम गर्ने जनाएको छ ।
प्याब्सनका महासचिव आरबी कटवालका अनुसार शुक्रबार बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारी साधन तथा बसहरू कालो व्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारिनेछ र प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गरिनेछ ।
काठमाडौँ उपत्यकाभित्र भने सम्पूर्ण विद्यालय सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित २० किमी प्रतिघण्टा गतिमा परिक्रमा गर्नेछन् । सोही दिन दिउँसो ठिक १२ः३० बजे माइतीघर मण्डलामा भेला भई संघीय संसद घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।
यसअघि आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म स्कुल बस ¥याली तथा कोणसभा गरेको थियो । प्याब्सनले उक्त कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबैलाई आभार व्यक्त गरेको छ ।
संगठनले सबै पदाधिकारी, शिक्षक, कर्मचारी तथा सदस्य विद्यालयका संस्थापकरप्रिन्सिपलहरूलाई औपचारिक पोशाकमा आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । साथै जिल्लास्तरमा हुने कार्यक्रममा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन समेत निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्