बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ९४ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ४०० रूपैयाँले बढेर एक लाख ९५ हजार २०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर २ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।