२ अर्ब ७७ करोड रूपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब ७७ करोड ६७ लाख रूपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । आफ्नो विभिन्न कोषमा रहेको रकम राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले लिन चाहेको रकम तथा रकम लिनको लागि प्रस्ताव गरिएको ब्याजदर २०८२ भदौ ८ गते राती १२ बजेभित्र प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

राष्ट्र बैंकले २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनको लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

वाणिज्य बैंकहरूमा २ अर्ब २२ करोड १४ लाख रूपैयाँ, विकास बैंकहरूमा ४१ करोड ६५ लाख रूपैयाँ र फाइनान्स कम्पनीहरूमा १३ करोड ८८ लाख रूपैयाँ लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।