काठमाडाैँ । देशभर आज दिउँसो सामान्यतया बदली रहने विभागले जनाएको छ। पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई भूभाग, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली मात्र रहने सम्भावना छ।
यस अवधिमा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। साथै गण्डकी प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्