काठमाडाैँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका) ले नेपालमा विकास कार्य गर्न थालेको ३० वर्ष पूरा भएको छ ।
शुक्रवार काडमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै कोइका–नेपालले विकास सहकार्यको ३० औँ वर्षगाँठ मनाएको हो । सोही अवसरमा शुक्रवार कोइका नेपालले नेपालमा विकास सहकार्यको लागि थप ३० मिलियन अमेरिकी डलर बराबरको परियोजना नेपालमा सञ्चालन गर्ने घोषणा समेत गरेको छ ।
कोइकाका एशोसिएट डाइरेक्टर विकास रावलले नेपालसँगको दीर्घकालीन सहकार्य र समन्वय जारी रहने विश्वास व्यक्त गर्दै सहयोग परियोजनाहरू मार्फत नेपाल विकासको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा पनि कोइकाले नेपालको विकासमा सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रममा कोइकाको सहयोगमा विगत ३० वर्षमा नेपालमा धेरै कामहरु गर्न सफल भएको भन्दै कोरिया सरकारलाई धन्यावाद दिए । उनले अगामी वर्ष नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने उल्लेख गर्दै कोइकाले थप सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
कोइकाले नेपालमा ३० वर्षदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामुदायिक विकासका विभिन्न क्षेत्रहरूमा योगदान पु¥याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्