राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै


काठमाडाैँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमका साथ मनाइँदैछ ।

विसं १९२३ साल भाद्रकृष्ण कुशे औँसीका दिन जन्मिएका भट्टको निधन पनि सोही तिथिमा विसं १९५३ सालमा ३० वर्षको उमेरमै भएको थियो । छोटो जीवन भएपनि उनले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिएका थिए ।

युवाकवि मोतीराम भट्टले शृङ्गार रसलाई नेपाली साहित्यमा स्थापित गरेका मात्र होइन, आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । यसैसँगै उनले नेपालमा पहिलोपटक छापाखाना भित्र्याए, जसको माध्यमबाट देशमा पत्रकारिताको सुरुआत भएको मानिन्छ ।

जयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले राजधानीमा विशेष कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममार्फत भट्टको साहित्यिक योगदानको स्मरण गरिनुका साथै उनको कृतित्व र व्यक्तित्वबारे समेत छलफल हुने आयोजकहरूले जनाएका छन् ।

युवाकवि मोतीराम भट्टको योगदानले नेपाली साहित्य र पत्रकारितामा दिएको आधारलाई आज पनि सम्मानपूर्वक स्मरण गर्ने परम्परा निरन्तर जारी छ ।