काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् ।
शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गर्दै संघको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शेर्पाले ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए । संघको वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोध राज भण्डारी, महासचिवमा राजेन्द्र बहादुर लामा, सचिवमा चन्दन थापा विजयी भएका छन् ।
कोषाध्यक्षमा बराबर मत आएपछि ङिमा नुर्बु शेर्पा र सुमी लामाले गोलाप्रथाद्धारा आधा आधा कार्यकाल बाँड्ने सहमति भएको छ ।
यस्तै सदस्यमा माधवकुमार धमला,केदार न्यौपाने,थुप्देन शेर्पा, गोकुल थापा,मुलाल गुरुङ,देण्डी शेर्पा,विक्रम कार्की,रिञ्जे शेर्पा,देवेन्द्र डंगोल,दिकी शेर्पा,निशा भोटे निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्