विदेशी विनिमय सञ्चिती २६ खर्ब ७७ अर्ब रूपैयाँ पुग्यो, १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त


काठमाडौँ । नेपालको ककुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रूपैयाँ बराबर रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ विदेशी विनिमय सञ्चिती रहेको थियो भने २०८२ असार मसान्तसम्म ३१.२ प्रतिशतले वृद्धि भएर २६ खर्ब ७७७ अर्ब ६८ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तसम्म १९ अर्ब ५० करोड पुगेको छ । २०८१ असार
मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रूपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा एब खर्ब ९२ अर्ब ५५ करोड रूपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड रूपैयाँ कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१÷८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।