काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४३.७१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालको कुल २०८२ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०८०/८१ मा नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४२.७१ प्रतिशत र आर्थिक वर्ष २०७९ ८० मा ४२.८४ प्रतिशत रहेको थियो ।
जसमध्ये, नेपालको बाह्य ऋण १४ खर्ब ०१ अर्ब ४२ करोड रूपैयाँ रहेको छ भने आन्तरिक ऋण १२ खर्ब ६८ अर्ब २२ करोड रूपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा नेपाल सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड रूपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ भने २ खर्ब ४३ अर्ब ९१ करोड रूपैयाँ साँवा भुक्तानी गरेको छ ।
यसर्थ, यस अवधिमा ८६ अर्ब ८ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको १.४ प्रतिशत हो भने यस अवधिमा सरकारले एक खर्ब २५ अर्ब ४० करोड रूपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्