१८ अंकले घट्यो नेप्से, कारोबार रकम ६ अर्ब ५४ करोड रूपैयाँ


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने एक ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एक अर्ब ७५ करोड ७९ लाख ३० हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन विकास हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.२९ प्रतिशतले घटेको छ ।

कुल ३२३ कम्पनीको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।