ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट र ओ सी एस बिजनेस सोलुसनको संयुक्त निभिया महिला विशेष तीज मेला सम्पन्न


काठमाडौँ । राजधानीको नयाँबानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा गत शुक्रबार `निभिया महिला विशेष तीज मेला २०८२´ भव्यताका साथ सम्पन्न भएको छ।

ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. र ओ.सी.एस. बिजनेस सोलुसन प्रा. लि.को संयुक्त आयोजनामा सम्पन्न भएको यस मेलाले मनोरञ्जन, सांस्कृतिक कार्यक्रम र महिला सशक्तिकरण सम्बन्धी संदेशलाई एकै स्थानमा प्रस्तुत गरेको थियो ।

कार्यक्रमको उद्घोषिका शितल शर्माले सञ्चालन गरेकी थिइन् भने प्रमुख अतिथिका रुपमा पूर्व संविधानसभा सदस्य तथा पर्यटन शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याएकी छाया शर्माले उपस्थिति जनाएकी थिइन्।

कार्यक्रममा निभियाका कन्ट्री सेल्स डेभलपमेन्ट म्यानेजर विकास कुमार शर्मा, नेपाल महिला उद्यमी संघकी अध्यक्ष रेखा अर्याल, समाजसेवी श्रीनेहा पोखरेललगायत विशिष्ट व्यक्तित्वहरूले आफ्नो उपस्थिति जनाएका थिए।

कार्यक्रममा सहभागी विशेष अतिथिहरूमा विभिन्न उद्योग, वाणिज्य, हस्तकला, निर्यात, औषधि उत्पादन, चलचित्र, स्वास्थ्य र महिला उद्यम क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

सह–प्रायोजक कियाना अर्नामेन्ट्सका प्रबन्ध निर्देशक रेश्मा महर्जनले पनि विशेष आसन ग्रहण गरेका थिए भने किवानिस क्लब, जेसीज, समाज डेण्टल, सुस्वास्थ्य अस्पताल, पूर्ण वाटर, आरोध्य मालिस तेल, मिशन नेपाल होलिडेज, ब्लुबेरी होटललगायतका संस्थागत प्रतिनिधिहरू उपस्थित थिए।

मेलामा तीज नृत्य प्रतियोगिता, चर्चित कलाकार शशी पुन मगर र विशाल सोनीको सांगीतिक प्रस्तुति, डीजे मनोरञ्जन, स्किन केयर र स्वास्थ्य सचेतना कार्यक्रम, निःशुल्क दन्त परीक्षण शिविर, दुखाइ परामर्श तथा अग्नि सुरक्षा सचेतना जस्ता कार्यक्रमले सहभागीलाई आकर्षित गरेका थिए। साथै, १५ वटा स्टलमार्फत विभिन्न सामग्री तथा उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिएको थियो।

महिला उद्मशीलता, स्वास्थ्य सचेतना र मनोरञ्जनलाई जोड्दै आयोजना गरिएको “निभिया महिला विशेष तीज मेला २०८२” ले सहभागीहरूलाई एकैसाथ ज्ञान, सन्देश र रमाइलो उपलब्ध गराएको आयोजकले जनाएका छन्।