२१ अंकले बढ्यो नेप्से


काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

सोमबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ७६ करोड ९६ लाख ७७ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कुल ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड ३२ लाख १९ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।