नेप्से ५३ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ६८ करोड रूपैयाँ बढी


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६५ करोड ४२ लाख ७४ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन विकास हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३२१ कम्पनीको एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।