काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् ।
बुधवार काठमाडौँमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने बताएका हुन् ।
उनले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गरे । उनले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाए । वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको उनकाे भनाइ छ । उनले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरु बन्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।
उनले माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्