सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला ३ हजार रूपैयाँले बढ्यो


काठमाडौँ । आइतबार हालसम्मकै उच्च मूल्यमा छापावाल सुनको कारोबार भइरहेको छ । आज प्रतितोला ३ हजार रूपैयाँले बढेर २ लाख ३ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार २ लाख ६०० रूपैयाँमा कारोबार भइरहेको थियो ।

चाँदीको मूल्य प्रतितोला ६५ रूपैयाँले बढेर २ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।