काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात १०० रुपैयाँ अंकित मूल्यका कुल २९ करोड ५ लाख रुपैयाँ बराबरको कुल २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न गत असार १५ गते अनुमति पाएकाे थियाे ।
कम्पनीले पहिलो चरणअन्तर्गतमा असार २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरी बाँडफाँड सम्पन्न गरिसकेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा लगानीकर्ताले छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालय तथा मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
प्रतिक्रिया दिनुहोस्