सुनको मूल्य तोलाकाे २ लाख ५ हजार रूपैयाँ


काठमाडौँ । सोमबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३०० रूपैयाँ कायम भएको छ । सोमबार प्रतितोला एक हजार ७०० रूपैयाँले सुनको मूल्य बढेको हो ।

आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको थियो ।

चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेर २ हजार ४७० रूपैयाँमा कारोबार भइरहेको छ ।