काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन् ।
अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए।
उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पु¥याउन आवश्यक रहेको पनि बताए । महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने बताए ।
उनले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामथ्र्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत बताए ।
उनले भने , ‘हामीले हाम्रो पार्टीमा टोल कमिटीको अवधारणा बनायौं । तर टोल कमिटीको सन्दर्भको कुरा गर्दा हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति कुरा त गर्दैछौं । तर निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि जग के हो ? भन्दा हाम्रो पार्टीको कामको बेस क्याम्प मान्दा वडा कमिटीलाई बेस क्याम्प मान्ने हो भने पुग्नुपर्ने ठाउँ हाम्रो टोल कमिटीहरु नै हाम्रो उद्देश्य पूरा गर्ने माध्यम बन्न सक्दछ । तर अझै पनि हामी वडालाई केन्द्रबिन्दु बनाएर पार्टी काम गर्ने अभ्यासतर्फ प्रवेश गर्न सकेका छैनौ ।
महासचिव पोख्रेलले पालिकातहसम्मको जीवन्तता नै पार्टीको सफलता भन्ने भन्ने कुरा गयौं भने प्रतिस्पर्धाका कारण श्रेष्ठता हासिल गर्ने नीतिमा हामी सफल हुन नसकेको बताए । राजनीतिक दलहरुले जनमतलाई नीतिको आधारमा धुव्रिकरण गर्न नसक्दा नेपालको राजनीति भित्र सबभन्दा जटिल राजनीतिक अस्थिरता जन्मिएको पोख्रेलको भनाई छ ।
पोख्रेलले भने, हामीले सबै भन्दा धेरै लोकपिय मत प्राप्त गरेको मत ३४÷३५ प्रतिशत मात्रै हो । त्यो भन्दा धेरै मत प्राप्त गर्न सकेका छैनौं । निर्णायक शक्ति निर्माणका लागि ३४ प्रतिशत मत मात्रै त्यो पनि सबभन्दा बढि लोकप्रिय भएका बेला हामी जनमतलाई ध्रुबीकरण गरिरहेका छौ भने हामीले निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्य हासिल गर्नका लागि अहिलेसम्म गरेका अभ्यासहरुबाट हामी उद्देश्य हासिल गर्न सक्दछौं रु सक्दैनौं ।
सबैभन्दा पहिला पार्टीको संगठानात्मक प्रणालीलाई स्थापित गर्न जरुरी रहेको भन्दै पोख्रेलले त्यसको जगको रुपमा टोल तहका कमिटीहरुको सञ्जाल निर्माण गर्ने कुरा आजको पार्टी निर्माणको मूल पक्ष हुनपर्ने बताए ।
महासचिव पोखरेलले एमाले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्