सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताएका छन् ।

पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताएका हुन् ।

उनले ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रूपमा काम गरिरहेको जिकिर गरे। उनले नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल नहुने स्पष्ट पारे।  गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह, पूर्वाग्रह नहुने स्पष्ट पारे।