काठमाडाैँ । पशु स्वास्थ्य तथा पशु व्यवसायी परिषद्का उपाध्यक्ष रामप्रसाद मेहताले पशुहरू अनुसन्धानका लागि प्रयोग गर्न दिने अधिकार सम्बन्धित मन्त्रालयले नै राख्नुपर्ने बताएका छन् ।
सोमवार सिंहदरबारमा बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् । बैठकमा नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालाहरूसँग भएको छलफल हो ।
छलफलमा भाग लिँदै उनले अध्ययन र अनुसन्धानका लागि पशु प्रयोग सम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाउने भन्ने रहेको र विधेयकमा अनुसन्धानका लागि प्रयोग गर्ने पशुको अधिकार परिषद्लाई दिनेकुरा रहेको भन्दै परिषद्लाई उक्त अधिकार दिन नहुने स्पष्ट पारे।
उनले पशु चिकित्सकले पशु शल्यक्रिया गर्दा जनरल र रिजनल एन्थेसिया पनि प्रयोग गर्ने भन्नेकुरा विधेयकमा लेखिएको भन्दै शल्यक्रिया गर्दा प्रयोग गर्ने विधि र प्रक्रिया विधेयकमा उल्लेख गरिनु नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्