काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताएका छन् ।
प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमवार राष्ट्रिय सभामा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरू सम्बोधन गर्न कठिन हुने अवस्था रहेको बताएका हुन् ।
उनले बजेट निर्माण गर्दैगर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढंगले उठाउने गरेकाे भन्दै माग सम्बोधन गर्ने चाहना हुँदा हुँदै पनि साधन र स्राेतकाे सिमितताका कारण पूरा हुन नसकेको बताए ।
विधेयक पारित भएसँगै पूर्वाधारको क्षेत्रमा नयाँ ढोका खुल्ने जिकिर गरे । उपप्रधानमन्त्री पौडेलले स्वदेश र विदेशको पुँजी परिचालन गर्ने र पूर्वाधार क्षेत्रमा लगानी गर्ने काममा सरकार लागेको बताए ।
प्रतिक्रिया दिनुहोस्