काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ अंकमा पुगेको छ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने २ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोबार नेप्सेमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २८ करोड ८ लाख २३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.०७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६८ प्रतिशतले घटेको छ ।
कुल ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड ५७ लाख ४६ हजार रूपैयाँ बढिको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्