काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १९.७८ अंकले घटेर २७४१.९७ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य घटेको छ । नेप्सेकाअनुसार मंगलबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ७० लाख बढिको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज उन्नती सहकार्य लघुवित्त र दोर्दी जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कुल ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार ८ सय ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड ८२ लाख बढी रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्