काठमाडाैँ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।
मंगलवारको सभाको बैठकमा विधायन व्यवस्थापन समिति सभापति तुलसाकुमारी दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामति सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गरे।
प्रतिवेदन पेस गर्दै उनले निजामति सेवाका कर्मचारीले आफ्नो कामप्रति निष्ठावान र प्रतिवद्ध बनाउँदै नीति निर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनि अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न कुनै नियुक्ति नगर्ने गरी प्रवन्ध गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्