देशका केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौँ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहि बाँकि भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ ।