काठमाडौं । शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले बजारमा सार्वजनिक गरेको जनाएकाे छ ।
रेडमी १५ : शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन
कम्पनीका अनुसार रेडमी १५ विशेषगरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एमएएच क्षमताको ब्याट्री छ । यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यसको ६.९ इन्चको फुल एचडी+ डिस्प्ले र १४४ एभजेड रिफ्रेस रेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्ने उल्लेख गरिएकाे छ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५० मेगािपिक्सेल एआई डुअल क्यामेरा प्रणाली र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेकाे छ । शक्तिशाली स्न्यापड्रागन ६८५ चिप, उन्नत हाइपरओएस २ र गगल जेमिनाइका साथ यसले गेमिङदेखि मल्टिटास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्ने जनाइएकाे । साथै, यसमा २ टिबीसम्मको एक्सप्यान्डेबल स्टोरेजको सुविधा छ ।
रेडमी १५ सी : आकर्षक र स्मार्ट
रेडमी १५ सी आफ्नो ७.९९ एमएम स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यसमा ६००० एमएच क्षमताको ब्याट्री छ । यसमा ३३ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।
यसमा ६.९ इन्चको एचडी+ डिस्प्ले र १२० एचजेड रिफ्रेस रेट रहेको छ, जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । मिडियाटेक हेलियाे जी८१ अल्ट्रा प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५० मेगािपक्सेल एआई डुअल क्यामेरा र ८ मेगािपक्सेफ फ्रन्ट क्यामेरा उपलब्ध छन्, जसले पोर्ट्रेट वा नाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।
रेडमी १५C मा पनि १ टिबीसम्मको एक्सप्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् हाइपरओएस २ र गुगल एआइकाे सर्कल टु सर्च तथा जेमिनाइ जस्ता फिचरहरू उपलब्ध छन् ।
विभिन्न आकर्षक रंगमा उपलब्ध
रेडमी १५ तीन रंग स्यान्डी पर्पल, टिटन ग्रे र मिडनाइट ब्ल्याकमा उपलब्ध छन् भने रेडमी १५ सी पनि तीन रंग मिडनाइट ब्ल्याक, मुनलाइछ ब्लू र मिन्ट ग्रीनमा उपलब्ध छन् ।
मूल्य र भेरियन्ट
रेडमी १५
६ जिबी+ १२८ जिबी : रु. १८,९९९
८ जिबी + २५६ जिबी : रु. २१,९९
रेडमी १५ सी
४ जिबी + १२८ जिबी : रु. १४,९९९
६ जिबी + १२८ जिबी : रु. १६,४९९
८ जिबी + २५६ जिबी : रु. १८,९९९
प्रतिक्रिया दिनुहोस्