सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रूपैयाँ


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ हजार रूपैयाँले बढेर २ लाख ७ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेर २ हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ ।