२ लाख नगदसहित काभ्रे मालपोतका नासु भण्डारी पक्राउ


काठमाडाैँ । मालपोत कार्यालय धुलिखेलमा मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र प्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित नियन्त्रणमा लिएको छ।

उनले जिल्ला काभ्रेपलाञ्चोकको दोलालघाट गाउँपालिका वडा नम्बर ७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरू धनीको नाममा छुट दर्ता गर्न सेवाग्राहीबाट रु. २,००,००० (दुई लाख रुपैयाँ) घुस माग गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पाैडेलेलेले निज खरिदारलाई रकम र एक मोबाइल डिभाइस सहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको बताए । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।