१५ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७२ करोड रूपैयाँ


काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

नेप्सेकाअनुसार बुधबार युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३३ करोड ८० लाख २२ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.९९ प्रतिशतले घटेको छ ।

कुल ३२६ कम्पनीको एक करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।