त्रिवी क्रिकेट मैदानः भदौ मसान्तसम्म प्यारापिट निर्माण सकिने, फ्लड लाइट जडान हुन अझै एक महिना लाग्ने


काठमाडाैँ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजानिक नीति तथा प्रत्यायोजित विधायन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको छ ।

समितिले बुधवार मैदानको प्यारापिट निर्माण र फ्लडलाइट जडानको निरीक्षण गरेको हो । समितिलाई मैदान स्तरोन्नति कार्यका आयोजना प्रमुख चक्रवर्ती कण्ठले हालसम्म भइरहेको कार्यप्रगतिको बारेमा जानकारी गराएका थिए।

भदौ मसान्तसम्म प्यारापिट निर्माणका सम्पूर्ण काम सम्पन्न हुने अवस्थामा रहेको जानकारी दिए । फ्लडलाइट जडानको काममा भने अझै एक महिना लाग्ने देखिएको उनले बताए । लाईट आउन बाँकी रहेकोले फ्लडलाइट जडानको काम ढिलो हुने उनले बताए ।

समितिका सभापति मायाप्रसाद शर्माले हाल निर्माण कम्पनीले तोकिएको समयमा काम सक्नुपर्ने  बताए । उनले हाल निर्माण कम्पनीले हर्जना तिरिरहेको उल्लेख गर्नुहुँदै अब पनि समयमा काम नसकिए पटकपटक म्याद थप्न नसकिने बताए ।निर्माण कम्पनीले सरकारले तोकेको समयमा काम गर्न नसकेपछि दैनिक हर्जना तिरेर काम गरिरहेको छ ।