काठमाडौँ । आज दिउँसो देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विगभाले जनाएको छ ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना रहेको विभागले जनाएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्