काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसँग एकताका लागि क्रान्तिकारी नीति र नेतृत्वको प्रस्ताव अगाडि सारेको छ ।
एकता गर्ने माओवादी केन्द्रको निर्णयलाई स्वागत गर्दै क्रान्तिकारी नीति र नेतृत्व हुनुपर्ने प्रस्ताव अगाडि सारेको स्थायी समिति सदस्य अनिल सीले जानकारी दिए । क्रान्तिकारी नीति र नेतृत्वबारे भने नेकपाले थप केही खुलाएको छैन ।
प्रस्तावलाई नेकपाले भर्दौ २२ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीमा लैजाने तयारी गरेको छ । प्रस्तावलाई स्थायी समिति बैठकले पारित गरेको छ । नेकपाको पोलिटब्युरो बैठक आज बस्दैछ ।
नेकपाले केन्द्रीय प्रतिनिधि समितिको बैठक पनि भदौ ३० गतेदेखि बोलाएको छ ।
माओवादी केन्द्रले पनि गएको स्थायी समिति बैठकले नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । पछिल्लो समय पार्टी एकताको विषयमा दुइ दलका शीर्ष नेताहरू छलफलमा छन् ।
प्रतिक्रिया दिनुहोस्