हालसम्मकै ठुलाे याेजना एचएलआई लार्ज क्याप फन्डकाे आइपिओ ओभरसब्सक्राइब


काठमाडौं । एचएलआई लार्ज क्याप फन्डकाे आइपिओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

नेपालको पुँजीबजारमा हालसम्मकै ठुलो सामुहिक लगानी कोष योजना अन्र्तरगतको उक्त फन्ड आइपिओमा मागभन्दा बढि आवेदन परेपछि निष्काशन बन्द गर्न गरिएको कम्पनीले जनाएकाे छ ।

हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने फन्डकाे ४० करोड इकाई खरिदका लागि छिटोमा भदौ १८ गते (हिजो) र ढिलोमा भदौ २९ गतेसम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

यसबिचमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएकाले भदौ २९ गते अगावै उक्त योजनाको निष्कासन तथा बिक्री बन्द गरिन लागेको योजना व्यवस्थापक हिमालयन इन्भेष्टमेन्टले जनाएको छ ।

उक्त योजनाको कोष प्रवर्धकमा हिमालयन लाइफ र फन्ड व्यवस्थापकमा हिमालयन इन्भेष्टमेन्ट बैंकर रहेको छ । फन्डकाे ४० करोड इकाइको निष्काशन तथा बिक्री गत भदौ १५ गतेदेखि खुला भएको थियो ।

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २० करोड इकाई कोष प्रवर्धक हिमालयन लाइफ इन्स्योरेन्सलाई सुरक्षित राखि बाँकी रहने २० करोड इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ४ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा हिमालय इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ।