काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ ।
विभिन्न मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनी प्रदुषण मानव स्वास्थ्यका लागि हानिकारक भएको र ध्वनी प्रदुषणका कारण असर पर्ने भएकोले शान्त समाज, सभ्य समाजको पहिचान दिन ध्वनी, धुवाँ र फोहर प्रदुषण मुक्त छिमेकी अभियान सुरुवात गरेको जनाएको छ ।
खास गरी गर्भवती महिला, मुटुरोगी एवं वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानिसक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक कृयाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने एवं सामाजिक सम्बन्धहरुमा समेत प्रतिकूल असर पर्ने जाने भएको हुदाँ तपाईको घर, परिवार र छिमेकीहरूको हितका लागि विभिन्न कार्यहरू पालना गर्न प्रहरीले सुझाएकोे छ ।
प्रहरीले अबेर राती ट्वाइलेट फ्ल्स गर्दा आवाज कम गर्ने उपाय अपनाउन सुझाएको छ । यस्तै, विहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्