काठमाडौँ । काठमाडाैँ उपत्यकामा विधिवत रूपमा इन्द्रजात्रा सुरू भएको छ । बिहीवार विहान १०ः३१ बजे पूजाआज होमसहित क्षमा पूजा गरी (ध्वजोत्थान) ध्वजा पताकाहरूले सजिएको लिङ्गोलाई डोरीको सहायताले तानेर उठाएसँगै काठमाडौँमा विधिवत रूपमा इन्द्र जात्राको प्रारम्भ भएको हो ।
भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ । पश्चात २६ गते बेलुका १०ः३२ बजे ईन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिनेछ । ईन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा सुरू गरिएको थियो ।
सो दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिङ्गो बनाइएको थियो । उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको थियो । इन्द्रजात्राको लिङ्गो (योसी) ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरुको जिम्मेवारी हुनेछ ।
इन्द्रजात्राको संदर्भमा देवता र असुरबिचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘ईन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरूको विजय भएपछि ईन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसङ्ग पाइन्छ ।













प्रतिक्रिया दिनुहोस्