स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध रूपमा ओसार–पसार हुँदै गरेको ठूलो परिमाणको सामान बरामद गरेको छ ।
सोमबार दिउँसो करिब ४ बजेर १५ मिनेटतिर गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा खटिएको प्रहरी टोलीले बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग १ ज ८५५९ नम्बरको ईभी भ्यान रोकेर चेकजाँच गर्दा बिल नदेखाइएका सामान फेला पारेको हो ।
प्रहरीका अनुसार उक्त भ्यानबाट ६० जोर नाइक तथा जोर्डन ब्राण्डका जुत्ता र ७५ पिस कुर्था–सरवाल बरामद गरिएको छ । बरामद गरिएको सामानबारे आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्