काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेकाअनुसार बिहीबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ३५ लाख ७० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आज बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.८३ प्रतिशतले घटेको छ ।
कुल ३१७ कम्पनीको एक करोड २७ लाख १ हजार २५८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्