काठमाडौँ । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले यही भदौ २४ गते मङ्गलबार ललितपुरको झम्सिखेलस्थित द प्लाजामा आयोजना गर्ने भनिएको विशेष साधारण सभा स्थगित गरेको छ।
एसाेसिएसनका महासचिव सुरेन्द्रकुमार उप्रेतिद्वारा जारी विज्ञप्तिअनुसार नाडाको २२औं केन्द्रीय कार्यसमिति बैठकले सभा स्थगित गर्ने निर्णय गरेको हो।
अर्को सूचना प्रकाशित नभएसम्म सभा सञ्चालन नहुने र उपयुक्त समयमा पुनः विशेष साधारण सभा बोलाइने एसाेसिएसनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्