काठमाडाैँ । स्याङ्जा प्रहरीले अवैध रूपमा ओसारपसार गरिएका विभिन्न प्रकारका लाइट बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आज दिउँसो करिब ३ः४५ बजे फेदीखोला गाउँपालिका–२ स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त लाइटहरू बरामद गरिएको हो।
प्रहरी चौकी फेदीखोलाबाट खटिएको टोलीले बुटवलबाट पोखरा जाँदै गरेको लु.१ ख.८२१५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसको छतमा राखिएका बिल नभएका १० प्रकारका रात्री क्लवमा प्रयोग हुने ९० थान लाइट फेला पारेको प्रहरीले जनाएको छ।
बरामद गरिएका लाइटलाई आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्