काठमाडों । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई नगद लाभांश दिने घोषणा गरेको हो ।
भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१र८२ सम्मको। सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशत नगद लाभांश९कर समेत० प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्