काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ७ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ हजार ५०० रूपैयाँले बढेर २ लाख १० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर २ हजार ४९० रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्