नेपालका हिमाल र सांस्कृतिक धरोहरमा निहित कथाहरु उजागर गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबारदेखि काठमाडौँमा शुरु भएको नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका आफ्ना कथा र गौरवलाई अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।

उनले अन्नपूर्ण, शंकर हिमाल र सगरमाथा जस्ता हिमश्रृंखलामा निहित ऐतिहासिक तथा सांस्कृतिक कथालाई समेत उजागर गर्न जरुरी रहेको बताए । यस महोत्सवबाट नेपालको कला तथा सांस्कृतिक मेलालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा नेपाल कला परिषद्को महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रशंसा गरे ।

पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सरकार क्रियाशील रहेको समेत मन्त्री पाण्डेको भनाइ छ ।