अगस्टमा अमेरिकी गैर–कृषि तलवमा २२ हजारले मात्र वृद्धि भएको छ । जुन जुलाईमा ७९ हजारको संशोधित वृद्धिबाट तिब्र गिरावट हो । अमेरिकी श्रम विभागले जारी गरेको एक रिपोर्टले अगस्टमा बेरोजगारी दर ४.३ प्रतिशतमा पुगेको बताएको छ ।
जुन लगभग चार वर्षको उच्च हो । अर्थशास्त्रीहरूले अगस्टमा ७५ हजारको रोजगारी वृद्धि र ४.३ प्रतिशतको बेरोजगारी दर हुने अपेक्षा गरेका थिए । अगस्टमा औसत प्रति घण्टा आम्दानी महिना–दर–महिना ०.३ प्रतिशतले बढेको थियो । तर ३.७ प्रतिशतको वार्षिक लाभ ३.८ प्रतिशतको पूर्वानुमानभन्दा अलि कम थियो ।
एक महिनाअघि कमजोर जुलाई रोजगारी प्रतिवेदन जारी भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व श्रम तथ्याङ्क ब्यूरोका आयुक्त एरिका म्याकएन्टार्फरलाई बर्खास्त गरेपछि अगस्टको प्रतिवेदन पहिलो पटक जारी गरिएको यस्तो प्रतिवेदन हो ।
प्रतिक्रिया दिनुहोस्