काठमाडाैँ । आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू भएको छ । १५ दिनसम्म चल्ने पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ ।
पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । चाडपर्व यज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म तिथिअनुसार पितृको श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा नजानेर पितृहरूको अनादर भएको छ भने उनीहरूप्रति कृतज्ञता व्यक्त गर्ने तथा क्षमा माग्नका लागि यो श्राद्ध गर्ने धार्मिक परम्परा रहेको छ ।
बुवा स्वर्गीय भएकाहरू यस पर्वमा कुश, तील, जौ र फुली लिएर पोखरीमा विशेष पूजा गर्ने गर्छन् । स्वर्गीय भइसकेका पूर्वजलाई तर्पण दिनाले आत्मालाई शान्ति प्राप्त हुने जनविश्वास रही आएको छ ।
प्रतिक्रिया दिनुहोस्