काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामति कर्मचारीलाई सुशासनमुखी, इमानदार र पारदर्र्शी भएर कार्यसम्पादन गर्न आग्रह गरेकी छन् ।
निजामति कर्मचारी दिवसको अवसरमा आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यापानेले यस्तो बताएकी हुन् । देशको नीति, कार्यक्रम र कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी निजामति कर्मचारीकै भएको उल्लेख गर्दै उनले समयसापेक्ष, सक्षम र पारदर्शी भएर आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिइन्।
उनले कर्मचारी प्रशासनले नागरिकमा विश्वास दिलाउने र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसके मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन सकिने विश्वास व्यक्त गरिन्। सबै नागरिकले आफ्नो कर्तव्य अनुशासनपूर्वक पालना गरेको खण्डमा विकसित देशहरूकाे चर्चा गरिरहनु नपर्ने जिकिर गरिन्।
मन्त्री न्यौपानेले युवाहरू पलायन हुने क्रम बढ्दै गएको उल्लेख गर्दै उनीहरूलाई निजामति क्षेत्रमा आकर्षित गर्न जरुरी रहेको बताइन्। उनले कुनै एक जनाको चाहनाले मात्रै देश नबन्ने भन्दै उनले सबैले आआफ्नो तहबाट योगदान दिन जरुरी रहेको बताइन्।
प्रतिक्रिया दिनुहोस्