काठमाडाैँ । सरकारका मुख्यसचिव एकनारायण अर्यालले नेपालको निजामति सेवा मुलुकको शासन प्रणालीको मेरुदण्डको रूपमा स्थापित भइसकेको बताएका छन् ।
निजामति सेवा दिवसको अवसरमा आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बत्रोधन गर्दै उनले निजामति सेवा दिवसले कर्मचारीलाई व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन तथा नागरिक र राष्ट्रप्रतिको जिम्मेवारी, उत्तरदायित्व र समर्पणबोधलाई अझ प्रगाढ बनाएको बताएका हुन्।
सार्वजनिक सेवा प्रवाह, नियमन, सुशासन र विकाससँगै सरकारले सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक र सामाजिक रुपान्तरणमा निजामति संयन्त्रको महत्वपूर्ण योगदान रहेको उनकाे भनाइ छ ।
अर्यालले कठिन परिस्थिति वा चुनौतीपूर्ण समयमा पनि निजामति प्रशासन सक्षम र सजग रहेको प्रष्ट पारे। उनले अड्डा र कागजमुखी णालीबाट बाहिरिँदै सूचना प्रविधिको उपयोगमार्फत डिजिटल सेवातर्फ अघि बढ्न निजामति सेवाले महत्वपूर्ण भुमिका निर्वाह समेत उल्लेख गरे ।
मुलुकले हालसम्म प्राप्त गरेका आर्थिक, सामाजिक एवं भौतिक प्रगतिहरूमा समेत निजामती कर्मचारीको उल्लेख्य भुमिका रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्