काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। ६३ सय एमएचको शक्तिशाली ब्याट्री रहेको नोट ७० एकचोटी चार्ज गरेपछि दुईदिनसम्म चल्ने कम्पनीले जनाएकाे छ ।
मिड प्राइस रेन्जमा आकर्षक फिचरहरू रहेको नोट ७० ले युवाहरूको मन जित्ने विश्वास लिएकाे कम्पनीकाे जानकारी दिएकाे छ ।
१५ वाटकाे फास्ट चार्जिङ र ६ वाट रिभर्स चार्जिङ सविधा पनि भएकोले फाेनकाे डाउन टाइम कम रहेको छ।
टिकाउपनका लागि नोट ७० मा मिलिटरी-ग्रेड मजबुत र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबतू
भएको कम्पनीले जानकारी दिएको छ। १.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी
दिएको छ। यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र अाइ पि ५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स समेत रहेकाे छ ।
डिजाइनमा पनि आकर्षक रहेको नोट ७० मा ७.९४ एम एम को अल्ट्रा-स्लिम बडी र २०१ ग्राम हलकुा फ्रेम
समावेश गरिएको कम्पनीकाे दाबी छ ।
फोटोग्राफी प्रेमीका लागि १३ मेघापिक्सेलकाे एअाइ क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ ।
कम्पनीले ४ जीबी र्याम ६४जीबी स्टाेरेजर भएकाे नोट ७० काे मूल्य रु. १३,९९९ ताेकेकाे छ भने र ४ जीबी र्याम १२८ जीबी स्टाेरेजरको मूल्य रु. १४,९९९ ताेकेको छ।
प्रतिक्रिया दिनुहोस्