एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोहोरिए खालिङ


काठमाडौँ। एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुदेश खालिङ दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । खालिङ ४ वर्षे कार्यकालको लागि दोहोरिएका हुन् ।

बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा दोहोर्‍याउने निर्णय गरेको हो ।

खालिङले आगामी असोज ८ गतेदेखि कार्यभार सम्हालने छन् ।