काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेकाअनुसार आइतबार युनियन हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २९ करोड ९९ लाख ७० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आजको दिन नेप्सेमा हिमस्टार उर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज पञ्चकन्यमाई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशतले घटेको छ ।
कुल ३३४ कम्पनीको एक करोड ११ लाख २४ हजार ८४५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्